काठमाडौँमा बढाइयो सुरक्षा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा बढाइयो सुरक्षा


२८ असार २०७८, सोमबार


काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बिच सर्वोच्च अदालत वरपर र मुख्य चोक–चोकमा हतियारसहितका प्रहरीको टोली तैनाथ गरिएको हो ।

सर्वोच्च अदालतको मुख्य गेट वरपर पनि सुरक्षाकर्मीहरूको सङ्ख्या अघिल्ला दिनहरूको तुलनामा बाक्लो पारिएको छ ।

सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको प्रहरी अधिकारीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस