२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिलौं पृय..

अ+ अ-

अलिकति तिमी पछि हट

अलिकति म पछि हटछु

तिमी छोड अलिकति

र म छाडछु अलिकति,

तर हेर त

तिमी ले मेरो बाटो छेक्यौ

मैले तिम्रो बाटो छेके,

र निषेध ग-र्यौ गन्तव्यहरु

प्रेम, घृणामा बदलेर

अजंग युद्ध रोज्यौं हामीले,

युद्धमा छौ हामी

अहंकारको यो  मैदानमा

के तिमीले जितौला

के मैले जितौला ?

त्यसैले त मैले भनेको थिएँ नि

पृय मिलौं !

शक्ति र दम्भका सशस्त्र सारथी  बटुलेर

ज्वाला निकालेका छौं हरपल,

यो विभिषिकाको बलिवेदीमा

तर थाहा छ तिमीलाई,

हाम्रा कैयन यत्न हरू जल्नेछन अव,

खरानी हुनेछ हाम्रो त्याग

र भष्म भै जल्नेछन स्वाभिमान र इतिहास,

अस्तित्वका अस्तुहरू

के बाँकी रहलान र खै?

सहयात्रा र दाम्पत्यका रागहरू

प्रेमालाप र आलिंगनहरू

अन्तरंग क्रिडाहरू त नबकेकै भए

हुन्थेन र?

ओछ्यानका कथाहरू पनि नगाएकै भए

हुन्थेन र भाका हालेर,

अनि बेस्सरी चिच्याएको किन ?

किन नांगिएको तिमी त्यसरी ?

किन उधारेर च्यातेको लाज ?

आखिर तिमी निर्वस्त्र भयौं

र म निर्वस्त्र भए

तिमी अर्थहीन भयौ र

म अर्थहीन भए

तिमी र म अर्थात्

म र तिमी खण्डहर भयौ ।

त्यसैले त मैले भनेको थिएँ नि

वारवार अनुनय गरेर

मिलौं पृय ।

र यहि पृत अमर बनाऊ भनेर

फेरि एकपटक स्वपनिल

मायालु बनौ, भनेर  ।

तर किन अनायास चुडाल्यौ

मायाको डोरी,

र भत्कायौ कसम खाएका देउरालीहरू,

प्रेमका मन्दिरहरू

अनि उठायौ घृणाका अग्ला पहाडहरू

र छेक्यौ रक्तिम सूर्यको विहानीलाई

र के बुझ्यौ त यो निस्पट्ट अन्धकारमा,

प्रेम को मूल्य आज?

आखिर मैले, भनेकै त थिए नि पृय,

मिलौ भनेर

आखिर मैले, भनेकै त थिए नि पृय,

प्रेमिल बनौ भनेर ।