प्राविधिकतर्फ राजेन्द्रप्रसाद खनाल सचिवमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्राविधिकतर्फ राजेन्द्रप्रसाद खनाल सचिवमा बढुवा


२८ असार २०७८, सोमबार


काठमाडौँ । सरकारले राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन वरिष्ठ सहसचिवमध्ये दोस्रो नम्बरमा सिफारिस खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार(हिजो) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय गोपालप्रसाद सिग्देल, राजेन्द्रप्रसाद खनाल र सरजु कुमार वैद्यको नाम सिफारिस गरेको थियो । तर सरकारले भने पहिलो नम्बरका सिग्देललाई नभई दोस्रो नम्बरका खनाललाई बढुवा गरेको छ ।

सिग्देलको अझै समयावधि बाँकी रहेको तर खनाल केही महिनाभित्रै अवकाशमा जान लागेकोले मानवीयताका नाताले खनाललाई सचिव बनाएको ती मन्त्रीको भनाई छ ।

सम्बन्धित समाचार : प्राविधिक तर्फ सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस