जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो


२८ असार २०७८, सोमबार


काठमाडौँ । अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा काठमाडौँ आइपुगेको छ । केहीबेरअघि मात्रै खोप काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकाले उपलब्ध गराइएको खोप औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्दै छ ।

यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ । अमेरिकाबाट प्राप्त जोनसन एन्ड जोनसनको खोप वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेर समूहलाई दिन प्रस्ताव गरिएको छ ।

यसबारे केही दिनभित्रै निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस