केही स्थानमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

केही स्थानमा भारी वर्षाको सम्भावना


प्रशासन संवाददाता

२८ असार २०७८, सोमबार


काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभावका कारण देशभर बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस