२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुर्‍याइयो सिर्दिबासमा १५० क्विन्टल चामल

अ+ अ-

गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ ।

बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो ।

खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सर्दिबास पुर्‍याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिवार साँझसम्ममा चामल सर्दिबास डिपोमा पुर्‍याइएको उनले बताए। जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराउँदै आएको छ ।

‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ’, सूचना अधिकारी सुनारले भने, ‘मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिवार थप चामल सर्दिबास पुर्‍याउन सम्भव भएको हो ।’

पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस वर्ष सर्दिबास डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अविरल वर्षा सुरु भएपछि चामल लैजान सकेको थिएन । हेलिकप्टर मार्फत डिपोमा पुर्‍याइएको चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस