२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाघ र मानव द्वन्द्वलाई टार्ने प्रभावकारी कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

जैविक चक्रको संरक्षणका लागि बाघको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले शनिबार प्रधानमन्त्री निवासमा बालुवाटारमा आयोजित राष्ट्रिय बाघ संरक्षण समितिको सातौँ बैठकमा बाघको शिकार तथा आखेटोपहारजस्ता कुरालाई हतोत्साहित गर्न तथा बाघको बासस्थान आसपासका जनतालाई बाघबाट सुरक्षित हुन र टक्करमा नपर्न सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

‘संरक्षण क्षेत्रमा बाघकोे आहारा पाउने कुरालाई सुनिश्चित गरिनुपर्छ नत्र अन्यत्रबाट ल्याएर पनि उसका आहारा हुने जन्तु पाल्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसो भयो भने मात्र बाघले आफ्नो भोजन बदमासीबिना प्राप्त गर्न सक्छ ।’

संरक्षणमा संलग्न निकायले जङ्गलमा बाघको कति प्रतिशत क्षेत्रमा बसोबास हुन्छ, हिमाल, पहाड र तराई गरी तीनै खालका बाघको सङ्ख्या यकिन गर्न कुन–कुन बाघको कस्तो–कस्तो स्थिति छ भन्ने अध्ययन गर्नुपर्ने बताउँदै उनले विकास निर्माणकार्यमा वन्यजन्तुलाई असर नपर्ने गरी नीति बनाउन आग्रह गरे।

पाटेबाघ लोप हुनुपूर्व नै विश्वको चासो बाघ संरक्षणमा गएको उल्लेख गर्दै उनले सेन्टपिटसवर्ग सम्मेलनले तय गरेजस्तै बाघको सङ्ख्या दुई गुणा वृद्धि गर्ने निर्णय नेपालले कार्यान्वन गरेको बताए। प्रधानमन्त्री ओलीले शताब्दीयौँदेखि हामीले जोगाएका पाल्तु जनावर खाने बाघ बङ्गाल टाइगर नहुने भएकाले यसलाई पाटे बाघ भन्न पनि आग्रह गरे।

बैठकले बाघ संरक्षणमा नेपालले गरेका प्रयास र उपलब्धिका बारेमा छलफल गर्दै आगामी दिनमा बाघ संरक्षण विशेष कार्यक्रमलाई पुनः निरन्तरता दिई थप स्रोत जुटाउने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु अस्पताल तथा उद्धार केन्द्र स्थापना तथा सञ्चालन गर्ने, बाघको दीर्घकालीन संरक्षण गर्न बासस्थानको विस्तार गर्न आवश्यक तयारी गर्ने, वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ लाई संशोधन गरी सबै डिभिजन वन कार्यालयमार्फत ७७ वटै जिल्लाबाट राहत वितरण गर्नेलगायतका निर्णय गरेको छ ।

बैठकले आगामी साउन १४ गते बाघ संरक्षणलाई विशेष जोड दिन प्रधानमन्त्री बाघ सम्मेलन कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस