२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सहमतिको दस्ताबेज आज स्थायी कमिटीबाट पास गरेर सार्वजनिक गर्ने तयारी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको कार्यदलको बैठकले एमालेभित्रको विवाद समाधान गरेर आज सार्वजनिक गर्ने तयारी गरेको छ । शनिवारको बैठकबाट सहमतिको अन्तिम टुङ्गो लागेको सहमतिको दस्ताबेजलाई आज दिउँसो स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

शनिवार बसेको बैठकबाट नेताहरूले सहमति जुटिसकेको र आइतबार बिहान बैठक बसेर औपचारिकरूप दिने बताएका थिए । नेकपा कार्यदलले लगातार बैठक बसी आन्तरिक द्वन्द्वलाई चिर्दै सहमतिको बिन्दुमा पुगेको सङ्केत गर्दै आइरहेको छ ।

कार्यदलका सदस्यहरू अहिले आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अहिले वीर अस्पतालको सर्जिकल भवन उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।

कार्यदलले जुटाएको सहमति पत्रमा आजै हस्ताक्षर गरी स्थायी कमिटी बैठकमा पेस गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । आज दिउँसो बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गरी आजै सार्वजनिक गर्ने तयारी भएको छ ।

भोलि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दाको फैसला सुनाउने तयारी गरेको छ । त्यस अघि एमालेले पार्टी एकताको सन्देश दिने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ पूरा गरी हेर्दा हेर्दैमा राखेर सर्वोच्चले यसअघि नै २८ गते पेशी तोकेको छ । सर्वोच्चको फैसला जे आए पनि पार्टी एक भएमा त्यसको खासै असर नपर्ने एमालेका नेताहरूको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस