२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च गतिको इन्टरनेट एफटीटीएच सेवा वितरण

अ+ अ-

डोटी । पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटीटीएच सेवा वितरण गर्न थालेको छ ।

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गर्न थालेको छ । उक्त टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । बुडर बजारलगायत अन्य अन्य निजी घर तथा कार्यालयमा उक्त सेवा वितरणका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम राजपुरले जनाएको छ । जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि अहिले यहाँका अन्य बजारमा सेवा वितरण गर्ने कार्य शुरु गरिएको हो ।

यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गएिको थियो । नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले केही महीना पहिले पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा पहिलो पटक उक्त एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेसँगै अहिले आएर उक्त सेवा जोरायल–२ बुडर क्षेत्रमा विस्तार गर्न थालिएको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज समेत उपलब्ध गराइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

त्यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा रु आठ हजार शुल्क लाग्ने छ । हाल एफटीटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र १०० मिटर फाइबर तार निःशुल्क प्राप्त प्रदान गरिने टेलिकम कार्यालयले जनाएको छ ।

जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आए पनि अबदेखि नौवटै स्थानीय तहमा एफटिटिएच सेवा सञ्चालन गरिने भएको छ । जिल्लाका नौवटै स्थानीय तहमा यो सेवा विस्तार गरिएसँगै यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुराका सबै स्थानीय तहमा पनि सेवा विस्तार गरिने टेलिकमको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस