मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने घोषणा


२६ असार २०७८, शनिबार


काठमाडौँ । सरकारले मेलम्चीका बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् ।

शनिवार बिहान सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई प्रतिपरिवार ५० हजार दिने घोषणा गरेका हुन् ।

‘तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौँ, निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगमा ३ लाख उपलब्ध गराइरहेका छौँ’ उनले भने ।

यसैगरी पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने, बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने, घाइतेको उपचार सरकारले गर्ने उनले बताए ।

प्रधानमन्त्री अहिले असार १ गते मेलम्ची खोलमा आएको बाढीले पुर्‍याएकाे क्षति निरीक्षणका क्रममा उनी बाढीग्रस्त क्षेत्रमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस