लोक सेवाले स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता सूचीबाट हटायो दुई जनाको नाम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवाले स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता सूचीबाट हटायो दुई जनाको नाम


२६ असार २०७८, शनिबार


काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा नवौँ तहको लिखित परीक्षा नतिजाबाट अन्तर्वार्ताका लागि छनौट भएका दुई जनाको नाम अन्तर्वार्ता सूचीबाट हटाएको छ ।

नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक्स एण्ड गाइनाकोलोजी समूह नवौँ तह, कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनाकोलोजिष्ट पदको अन्तर्वार्ता सूचीबाट उम्मेदवार रमेश पौडेलको नाम हटाएको हो ।

यसैगरी सोही सेवा अन्तर्गतको प्याथोलोजी समूह जनरल प्याथोलोजी उपसमूह नवौँ तह कन्सल्टेन्ट प्याथोलोजीष्ट पदको लिखित नतिजाबाट अन्तर्वार्ताका लागि छनौट भएकी उम्मेदवार निकिता गौतमको नाम पनि सूची हटाएको आयोगले जनाएको छ ।

आयोगले नवौँ तहका लागि नियमानुसार विशेषज्ञता दर्ता प्रमाण पत्र दरखास्त पेस गर्ने अन्तिम मितिभन्दा पछि जारी भएको पेस गरेकाले दुवै जनाको दरखास्त फाराम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस