अमेरिकाले १५ लाखबढी नेपालीका लागि निःशुल्क खोप उपलब्ध गराउने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अमेरिकाले १५ लाखबढी नेपालीका लागि निःशुल्क खोप उपलब्ध गराउने


प्रशासन संवाददाता

२६ असार २०७८, शनिबार


काठमाडौँ । अमेरिकाले केही दिनमै १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घोषणा गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रवार फेसबुकमार्फत केही दिनमा अ‍ेमेरिकाले नेपाललाई पर्याप्त मात्रामा खोप दिने कुरा सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी खोप निःशुल्क उपलब्ध गराउँदै छ, नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो, अमेरिका सदैव नेपालीहरूको साथमा छ, नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस