२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री सिन्धुपाल्चोक जाँदै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोक जाने भएका छन् । बाढीले सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा पुर्‍याएको क्षतिको अवलोकन गर्न आज नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको हो ।

उनले सिन्धुपाल्चोकमा अवस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षति, हेलम्बु गाउँपालिका र मेलम्ची गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नेछन् ।

यसैगरी बाढी पीडितलाई प्रधानमन्त्री राहत वितरणको घोषणा गर्ने कार्यक्रम पनि रहेको छ ।

मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा कार्यक्रमको तयारी गरिएको र त्यहाँ प्रधानमन्त्री सहभागी हुने बताइएको छ ।

त्यहाँका बाढीपीडित, जनप्रतिनिधि,राजनीतिक दलका नेता कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

असार १ गते आएको बाढीले मेलम्ची खाने पानी आयोजना, मेलम्ची बजार लगायत गाउँपालिकाका विभिन्न स्थान र हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा ठुलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस