२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानद्धारा ताइवानलाई ११ लाख ३० हजार खोप प्रदान

अ+ अ-

ताइपेइ । जापानले ताइवानलाई कोरोना भाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो ।

ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिए । जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोना भाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले भने ताइवानलाई जापानले गरेको सहयोग असल मित्र देशको रुपमा गरिएको बताए । अप्ठ्यारोमा परेको एउटा देशलाई अर्को मित्र देशले सहयोग गर्नु स्वभावित दायित्व अन्गर्तत पर्ने पनि उहाँले उल्लेख गरेका छन् । उनले जापानले दिएको खोपले ताइवानमा कोरोना भाइरसको महामारी न्युनिकरणकालागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । जापानले ताइवानलाई यसअघि जुन ४ तारिखका दिन पनि अष्ट्राजेनिकाकै १२ लाख ४० हजार खोप प्रदान गरेको थियो ।

चीनसँग जापान र ताइवानको सम्वन्ध कमजोर हुदै गइरहेका बेला जापानले ताइवानलाई ठूलो संकटमा राहत पुग्नेगरी सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस