वर्षातका कारण घर भत्केर मृत्यु भएका मृतकका परिवारलाई राहत « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

वर्षातका कारण घर भत्केर मृत्यु भएका मृतकका परिवारलाई राहत


२५ असार २०७८, शुक्रबार


देउखुरी । अविरल वर्षात्का कारण घर भत्केर मृत्यु भएका पीडित परिवारलाई राहत रकम वितरण गरिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको मृत्यु भएको थियो । घटनामा आमा र दिदी घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपनगरपालिकाले मृतक चौधरीका बुबा आशाराम चौधरीलाई आज राहत रकम प्रदान गरेको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत २५ हजार गरी दुई लाख २५ हजार प्रदान गरेका छन् ।

राहत दिन प्रमुख चौधरी, प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ र प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेलगायतले पीडितको घरमै पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस