२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले हुप्सेकोटका १५० घर डुबानमा

अ+ अ-

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् ।

वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट–३ का वड़ाध्यक्ष छविलाल मिथुनले जानकारी दिए ।

यस्तै वडा नम्बर नं ३ बेलहानी र गिरुबारीबीच भागबाट गिरूवारी खोला पसेको छ । विसं २०५७ मा जापान सरकार र नेपाल सरकारको प्रयासमा जाइकाले निर्माण गरेको तटबन्ध नै पार गरेर खोला गिरुबारीको बस्ती तथा खेतमा पसेको हो । खेतमा बाढी पसेपछि करीब २० बिघा क्षेत्रफलमा लगाइएको धान नष्ट भएको जनाइएको छ ।

त्यहाँ करीब १०० बिघाको खेती प्रभावित बनेको स्थानीयवासी विश्वराज लामिछानेले बताए । यो तटबन्धलाई तत्काल व्यवस्थित गर्न नसकिए थप क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले नवलरासीको पूर्वी क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागले आज नागरिकको मोबाइलमा सन्देश पठाउँदै थप वर्षा हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । पछिल्लो १२ घण्टामा यसक्षेत्रमा १६७.८ मिलिमिटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा गिरुवारी क्षेत्रमा १२७।४ मिलिमिटर तथा जिल्लाको पहाडी क्षेत्र डेढगाउँमा १६७.८ मिलिमिटर वर्षा भएको छ । यस क्षेत्रमा अहिले पनि पानी परिरहेकाले विनयी खोला, आरुणखोला, गिरुबारी खोला, केरुङ्गे खोला, बौलाहा खोलालगायत यस क्षेत्रका स–साना खोलामा आकस्मिक रुपमा थप बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ ।

मनसुन शुरु भएपछि हरेक वर्ष यस क्षेत्रमा बाढी तथा पहिरोले दुःख दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस