प्रदेश १ लोक सेवा आयोगको दरखास्त सङ्कलन सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ लोक सेवा आयोगको दरखास्त सङ्कलन सुरु


२४ असार २०७८, बिहिबार


विराटनगर । प्रदेश १ लोक सेवा आयोग विराटनगरले स्थगित भएको दरखास्त सङ्कलन कार्य पुनः सुचारु गरेको छ ।

२०७७ चैत ३० मा विज्ञापन प्रकाशन भई कोरोना महामारीका कारण २०७८ वैशाख १६ देखि स्थगित रहेका स्थानीय सरकारी सेवा अन्तरगतको विज्ञापनको पुनः दरखास्त लिने कार्य सुचारु गरिएको हो ।

इन्जिनियरिङ सेवा, सिभिल समूह सहायकस्तर चौथो तह र सहायक स्तर पाँचौँ तहका आन्तरिक, खुला तथा समावेशी तर्फका पदहरूको विज्ञापनमा आयोगको असार २२ गतेको निर्णय अनुसार असार २४ गते देखि दरखास्त लिने कार्य सुचारु गरिएको प्रदेश लोकसेवा आयोग विराटनगरले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस