२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगद्वारा निर्वाचन सञ्चालन तथा व्यवस्थापन लगायत विषयमा अन्तरक्रिया

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलका लैङ्गिक तथा समावेशी सम्पर्क व्यक्तिसँग निर्वाचन सञ्चालन तथा व्यवस्थापन, राजनीतिक दल, आचार संहिता र राजनीतिक दलको भूमिका, लैङ्गिक तथा समावेशी नीति र समावेशी व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएकोमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाललगायत १२ दलको सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधान र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार समावेशी प्रतिनिधित्व हुनुपर्ने दलको ध्यानाकर्षण गराए ।

संविधानले समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको सन्दर्भमा राजनीतिक दलको सङ्गठन संरचना र प्रतिनिधित्व पनि सोही बमोजिम व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

आयुक्त डा.जानकी कुमारी तुलाधरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल र नेपाल परिवार दलका प्रतिनिधिको सहभागिता रहेको आयोका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस