प्रधानमन्त्री कार्यालयका सचिव बरालले दिए राजीनामा, नाष्टको अध्यक्षमा नियुक्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री कार्यालयका सचिव बरालले दिए राजीनामा, नाष्टको अध्यक्षमा नियुक्ति


२२ असार २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले पदबाट राजीनामा दिएका छन् । आउँदो साउन २५ गते अनिवार्य अवकाश हुन लागेका सचिव बरालले हिजो(सोमबार) राजीनामा बुझाएका हुन् ।

राजीनामासँगै उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सेवा आयोगको अध्यक्षमा आजै(मङ्गलवार) नियुक्ति पाएका छन् । कुलपति रहने प्रधानमन्त्री केपी शर्मा ओलीले बराललाई अध्यक्षमा नियुक्त गरेका हुन् । सो पद एक वर्षदेखि रिक्त रहेको थियो ।

अध्यात्ममा विश्वास राख्ने बराल सरल स्वभावका भद्र प्रशासकको रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस