कोपा अमेरिका फुटबल : ब्राजिल फाइनलमा प्रवेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोपा अमेरिका फुटबल : ब्राजिल फाइनलमा प्रवेश


२२ असार २०७८, मंगलबार


काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

साबिक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औँ संस्करणको खेलमा मङ्गलवार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । उनले ३४औँ मिनेटमा नेमारको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै ब्राजिललाई फाइनल पुर्‍याउन निर्णायक बन्यो । समूह चरणमा भेट हुँदा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको थियो ।

सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै हराएर उपाधि जितेको थियो । यसपटक पनि पेरुलाइ नै पराजित गरेको छ । अब यस पटक उपाधिका लागि ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिलले ९ पटक उपाधि जितेको छ । यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि पनि जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस