बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु


२१ असार २०७८, सोमबार


बाँके । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ । घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो ।

खत्रीको शव आज दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताइन्। योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस