ग्लोबल आइएमई बैङ्क र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आइएमई बैङ्क र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर


२१ असार २०७८, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैङ्कको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्कले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरूमा बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, माछा पालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैङ्कले बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउँने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटिएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैङ्क’ भन्ने नाराका साथ बैङ्कले २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस