जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुग्दा स्थानीयवासी हर्षित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुग्दा स्थानीयवासी हर्षित


२१ असार २०७८, सोमबार


खलङ्गा । जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा पुग्न झण्डै एक दिन लाग्ने कनकासुन्दरी गाउँपालिकाका ग्रामीण बस्ती मालिकाबोला, लेकपुर, नेटा, चौथा, न्याउरीगाडलगायतका गाउँ स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

मालिकाबोता र मर्फान्नामा नेपाल टेलिकमको टावर बनेपछि डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी रुपा बुढाले बताए । पहिला आफन्तसँग कुराकानी गर्न घण्टौं हिँडेर डाँडाकाँडा चढ्नुपथ्र्यो । अहिले घरदैलोमै टेलिफोनको टावर आउँछ । लेखपढ गर्न शहर पुगेका, रोजगारीका लागि कालापहाड हानिएका र अन्य सिलसिलामा घर छाडेकासँग कुरा गर्न सहज भएको स्थानीयवासी गोविन्द बुढाले बताए ।

विगतमा गाउँमा पढेलेखेका कमै हुुन्थे, कसैलाई सूचना र खबर गर्न गाउँबाट मौखिक जानकारी लिएर रैवारे पठाउनुपथ्र्यो पछि विस्तारै चिठ्ठीको प्रयोग हुन थाल्यो, अहिले भने सबैका हातहातमा मोबाइल छ, आवश्यक परेको बेला सहजै कुराकानी गर्न सकिन्छ । कनकासुन्दरी गाउँपालिका–२ का अध्यक्ष शेरबहादुर रावतले भने, ‘हिउँद्को समयमा जाडो हुने भएकाले यहाँका धेरैजसो स्थानीयवासी तराई र परदेश जाने हालखबर बुझ्न र कुराकानी गर्ने सहज हुने छ ।’

गाउँपालिका–१ र २ का दर्जनौं गाउँ यो आर्थिक वर्षमा मात्रै सञ्चारको पहुँचमा पुगेका हुन् । विसं २०६४ मा कनकासुन्दरीको चौथामा टावर निर्माणका लागि सर्भे भयो तर एक दशकसम्म पनि निर्माण भएन । निरन्तर कनकासुन्दीका स्थानीयवासीले खबरदारी गरेपछि गत वर्षको कात्तिकदेखि स्थानीयवासीले फोनको सुविधा लिन पाएको वडा सचिव हरिबहादुर बुढाले बताए । अझै पनि जिल्लाको तातोपानी, तिला, पातारासी, हिमा गाउँपालिकालगायतका स्थानीय तहका ग्रामीण बस्ती सञ्चारको पहुँचमा छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस