शिक्षामन्त्रीविरुद्ध रुपा सुनारको मुद्दा न्यायाधीश सुवेदीको बेन्चमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षामन्त्रीविरुद्ध रुपा सुनारको मुद्दा न्यायाधीश सुवेदीको बेन्चमा


२१ असार २०७८, सोमबार


High Court_Sarbocha adalat

काठमाडौँ । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठविरुद्ध रुपा सुनारले दायर गरेको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

रुपाले आइतबार शिक्षामन्त्री श्रेष्ठ, सरकारी वकिलको कार्यालय काठमाडौँ, महानगरीय प्रहरी वृत्त सिंहदरवार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् ।

रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ।

अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्।

मन्त्री श्रेष्ठविरूद्ध उजुरी दिँदा प्रहरीले लिन नमानेको भन्दै रूपाले उनीविरूद्धको उजुरी लिएर अनुसन्धान अघि बढाउने आदेश पनि माग गरेकी छन्।

रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो।

घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

मन्त्रीले नै पीडकको पक्ष लिएर प्रहरी कार्यालय पुगेको र झण्डावाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै तीव्र आलोचना भएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस