पृथ्वी राजमार्ग भासियो, सवारी एकतर्फी सञ्चालनमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पृथ्वी राजमार्ग भासियो, सवारी एकतर्फी सञ्चालनमा


२० असार २०७८, आइतबार


मुग्लिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ ।

लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ । केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो ।

काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस