उपत्यकाका सिडिओहरूको बैठक बस्दै, थप यातायातका साधन चल्न दिनेबारे निर्णय हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकाका सिडिओहरूको बैठक बस्दै, थप यातायातका साधन चल्न दिनेबारे निर्णय हुने


२० असार २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने र थप साना सवारी साधन चल्न दिने बारे निर्णय हुने स्रोतले जनाएको छ ।

बैठक सम्भवतः आज अर्थात् नभए भोलि बिहानसम्म बस्ने सम्भावना रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार माइक्रो र ट्याम्पो चल्न दिनेबारे छलफल हुने जनाइएको छ ।

कोरोना भाइरस महामारीका कारण वैशाख १६ देखि काठमाडौँ उपत्यकामा निरन्तर निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर घट्दै गइरहे पनि केही सातादेखि सङ्क्रमण दर स्थिर रहेको छ । जसका कारण निषेधाज्ञा पूर्णरुपमा खोल्न सकिने अवस्था नरहेको विज्ञहरूको भनाइ छ । निषेधाज्ञा पूर्णरुपमा खुलेमा सङ्क्रमण थप जटिल बन्न सक्ने आँकलन गरिएको छ ।

गत साता उपत्यकाका सिडिओहरूको संयुक्त बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस