साझाले ४० वटा विद्युतीय बस खरिद गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साझाले ४० वटा विद्युतीय बस खरिद गर्दै


२० असार २०७८, आइतबार


काठमाडौँ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्ने भएको छ । काठमाडौँ उपत्यकामा चलाउनको लागि पहिलो चरणमा ४० वटा विद्युतीय बस खरिद गर्न लागेको साझाले जनाएको छ ।

स्रोतका अनुसार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिन लागेको हो ।

मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैत १३ मा साझाले ग्लोबल बोलपत्र आह्वान गरेको थियो ।

साझाले बोलबपत्र आह्वान गरेपछि विद्युतीय बस खरिदका लागि नौ वटा कम्पनी इच्छुक देखिएको साझाले जनाएको छ । जसमध्ये अधिकांश चिनियाँ कम्पनी छन् ।

प्रस्ताव शुक्रवार खोलिएको छ । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ । दुई महिनामा सम्झौता गर्ने र सम्झौता भएको करिब छ महिनामा बस आउने साझाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस