३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कि सम्बन्धन देउ, कि आफैँ कलेज सञ्चालन गर’

अ+ अ-

काठमाडौँ । बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले आज यहाँ पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताएका छन्।

‘कि कलेजको सञ्चालनको लागि अनुमति देउ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफै चलायोस्’उनले भने,  ‘भौतिक संरचना सहित बनेको कलेजलाई त्यतिकै बेवारिसे नराखियोस् ।’

उनले सरकारले सञ्चालन नगने हो भने आफूले सधैका लागि कलेज बन्द गर्ने समेत बताए । झापाको अनारमनी–३ मा अवस्थित कलेजले सम्बन्धन नपाउदा कलेज सञ्चालन हुन सकेको छैन ।
गत बैशाखमा बसेको काठमाडौँ विश्वविद्यालयको ८९ औ सभाले चिकित्सा शिक्षा आयोगलाई कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्णय गरेको थियो ।

कार्यकारी निर्देशक प्रसाइँले आयोगको टोलीले तयार पारेको प्रतिवेदन नबुझाउदा सम्बन्धनमा ढिलाई भइरहेको समेत बताए।

सभाले सात दिनभित्र कलेज सञ्चालनका सम्बन्धमा प्रवितेदन पेश गर्ने गरी डा। प्रकाशराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको थियो । उनले कलेज सञ्चालनका लागि आफूले सवै प्रक्रिया पुरा गरिसकेकोले सम्बन्धन दिनुपर्ने माग राखे ।

कोरोना भाइरसको समयमा स्वास्थ्यकर्मी अभाव भइरहेकोले बेला कलेजले सम्बन्धन पाए दक्ष जनशक्ति उत्पादन हुने उनको भनाइ रहेको छ । एमबिबिएस सञ्चालनका लागि कलेजले करिव ८ बर्ष अघि भौतिक पूर्वाधार तयार पारेपनि सरकारले अझै सम्बन्धन दिएको छैन । उनले कलेज सञ्चालनका लागि करिव रु ७ अर्ब रुपियाँ खर्च गरिएको सकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस