२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुर सडकखण्डमा ६४ सिसी क्यामरा जडान

अ+ अ-

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेसँग सिमाना जोडिएको साँगाचोकसम्मको सडकखण्डमा ६४ सिसी क्यामरा जडान गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानको उद्घाटन गरे ।

सिसि क्यामरा जडान समितिले आयोजना गरेको सो कार्यक्रममा उनले सडकमा हुने दुर्घटनादेखि अपराध अनुसन्धानलाई सबल बनाउन यसले ठूलो मद्दत पुर्याउने बताए । उनले भने, ‘भक्तपुर प्रहरीले राम्रो काम गरेको छ, प्रहरी भित्र सुधार आवश्यक छ र भ्रष्टाचार न्यूनीकरणमा प्रहरीले उल्लेखनीय काम गरिरहेको छ ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद भट्टराईले सडकमा जोडिएका सिसि क्यामराले प्रहरी प्रशासनमा सुक्ष्म अनुसन्धान र शान्ति सुरक्षा कायम गर्नमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष प्रदीप श्रेष्ठले प्रहरी र समाज एकअर्काका परिपूरक रहेको बताउँदै सुरक्षित राजमार्ग बनाउन तथा अपराध न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले समुदायस्तरबाट यस कार्यका लागि ठूलो रकम सङ्कलन गरिएको उल्लेख गरे । उनले यस्ता कार्यले भक्तपुरमा शान्तिसुरक्षा कायम राख्न सफल हुने विश्वास व्यक्त गर्दै निर्माण सामग्रीको ढुवानीको समयसीमा बढाएर राति ८ बजेदेखि बिहान ६ बजेसम्म निर्धारण गरिदिन स्थानीय प्रशासनसँग आग्रह गरे ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जिल्लामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणदेखि शान्तिसुरक्षा कायम राख्नमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको बताउँदै समुदायस्तरमा हातेमालो गरेर सडकमा सिसि क्यामरा जडान गर्नुले अपराध अनुसन्धानमा प्रहरीलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

समितिका कोषाध्यक्ष नविन प्रजापतिले १३ किलोमिटर सडकमा जडान गरिएका सिसि क्यामराले सयौँ प्रहरीको काम गर्ने बताउँदै सूर्यविनायक नगरपालिकाको १० लाख तथा स्थानीय उद्योगी, व्यवसायी, बैङ्कलगायत संस्थाबाट सङ्कलन भएको कूल ८० लाख २ हजार १७४ बाट उच्च प्रविधिको ६४ वटा सिसि क्यामरा जडान गरिएको बताए ।

उनले सङ्कलित रकममध्ये सिसि क्यामरालगायत सामग्री खरिदमा ५६ लाख ४७ हजार र अन्यमा केही खर्च भएको बताउँदै त्यसबाट बाँकी रहेका १८ लाख ७२ हजार समितिको नाममा बैंँक खातामा रहेको जानकारी दिए । बाँकी रहेका रकमबाट च्यामासिंह, कमलविनायक बसपार्कलगायत आवश्यक ठाउँमा थप सिसि क्यामरा जडान गरिने पनि उनले जानकारी दिए ।

उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष जगत प्रजापतिले पेप्सीकोला, सानोठिमी र भक्तपुर सडकमा पनि सिसि क्यामरा जडान गर्न आग्रह गरे । क्यामरा जडान कार्यमा संलग्न इञ्जिनीयर मेन्सन लाखेमरुले क्यामरा जडानको उपयोगिता र यसबाट हुने फाइदाका बारेमा चर्चा गरे ।

कार्यक्रममा सिसि क्यामरा जडान गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस