१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानमा रासायनिक मलको अभाव, किसान चिन्तित

रासायनिक मल
अ+ अ-

सल्यान । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् ।

धान र मकैमा मल हाल्ने बेला हुँदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए ।

अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । शारदा नगरपालिका–४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका वयवस्थापक यगेन्द्रबहादुर बस्नेतले मल नपाउदा किसानहरु निराश भएर फर्किनुपर्ने बाध्यता रहेको बताए ।

जिल्लाभर करिब ४० हजार बोरा मलको आवश्यकता छ तर जिल्लामा मलको कम आपुर्ति हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि सल्यानमा ६९ हजार ४ सय बोरा मलको कोटा हो । यसबीचमा त्यसको आधाभन्दा पनि कम मात्रै मल जिल्लामा उपलव्ध भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सल्यानका प्रमुख प्रविनजङ्ग शाहले जानकारी दिए।

जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ भने १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस