रक्षा सचिव अनिवार्य अवकासमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रक्षा सचिव अनिवार्य अवकासमा


१६ असार २०७८, बुधबार


काठमाडौँ । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले निजामती सेवाबाट अनिवार्य अवकाश पाएका छन् ।

नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्ष सेवा गरेका सचिव पाण्डेलाई बुधवार रक्षा मन्त्रालयबाट बिदाइ गरिएको छ ।

पाण्डे सादगीपूर्ण र स्वच्छ छविका इमानदार प्रशासकका रूपमा चिनिन्छन् ।

मन्त्रालयमा आयोजित बिदाइ समारोहमा बोल्दै सचिव पाण्डेले सार्वजनिक छवि उच्च राख्न अनियमितता र ढिलासुस्ती रोक्न तथा निजामती सेवालाई कार्यसम्पादनमुखी बनाउन सुझाव दिएका छन् । स्याङ्जाको बिर्घामा जन्मिएका पाण्डेले बिदाइ समारोहमा आफ्नो बाल्यकाल, विद्यालय र सङ्घर्ष गरेर जनता माध्यमिक विद्यालयमा पढेको पनि सुनाए ।

उनले अवकाश जीवन पछि सार्वजनिक क्षेत्रमै क्रियाशील रहने र आम मानिसकै रूपमा चर्चाभन्दा पर रहेर काम गर्नेसमेत बताएका छन् ।

मन्त्रालयको तर्फबाट बिदाइ मन्तव्य दिँदै सहसचिव टोक राज पाण्डेले सचिव पाण्डेको अध्यात्म, इमान्दारीता र पूर्वीय दर्शनप्रतिको लगावले अवकाश जीवन पनि सुख र सन्तोषमा बित्ने र रक्षा मन्त्रालयले सदैव अभिभावकको रूपमा लिइरहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस