एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस