२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितका लागि निर्माण हुँदै ५० घर

अ+ अ-

मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं. २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका–६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् ।

स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको बजेटमा वडा नं ६ र ७ माल्कोट, रुप्सा, भाडगाउँ र खाती रुप्साका ५० घर सुगरखालमा स्थान्तरण गर्न लागिएको हो । सुगरखालमा नयाँ बस्तीको निर्माणको काम धमाधम भइरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर विष्टले जानकारी दिए । प्रदेश सरकारको एक करोड ७० लाखमा ती घर निर्माण हुने भएका छन् । ‘बाढीपहिराबाट गाउँपालिका–६ र ७ वडाका १८५ घरधुरी विस्थापित भएका थिए ।’ उनले भने । ‘पहिलो चरणमा ५० घरधुरी बस्ती सारेर नयाँ घर निर्माण भइरहेको छ । आगामी आर्थिक वर्षमा बाँकी घर निर्माण हुनेछन् ।’

एकीकृत नमूना बस्तीका रूपमा विद्यालय, खानेपानीलगायत पूर्वाधारका संरचना पनि निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष विष्टले बताए । ‘नयाँ बस्तीमा दुई विद्यालय मर्ज गरेर एउटै विद्यालय निर्माण गरेका छौँ’, उनले भने, ‘विद्युत् पोल गाडिएको छ । विद्युत् पुर्‍याउनका लागि अहिले प्रक्रिया अगाडि बढाइएको छ ।’

नयाँ बन्न लागेको बस्तीमा खानेपानीको काम भइरहेको र ‘एक घर, एक धारा’को अवधारणामा खानेपानी पुर्‍याइने अध्यक्ष विष्टले जानकारी दिए । ‘ २५ लाखमा खानेपानी धारा निर्माण भएका छन् । रेडक्रसको २० लाख, गाउँपालिकाको पाँच लाख लगानी रहेको छ ।’

प्रतिघर निर्माणका लागि पाँच लाख ४० हजार खर्च लाग्ने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताए । ‘एउटै मोडेलका चारकोठे घरहरू निर्माण हुँदै छन्’, उनले भने, ‘बस्तीमा विद्युत्, खानेपानी लगायतका अन्य संरचना निर्माण हुनेछन् ।’

प्रदेश सरकारले बस्ती निर्माणका लागि उपलब्ध गराएको एक करोड ७० लाख अनुदानबाट घर निर्माण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताए । गत साल गएको बाढीपहिरोका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस