सर्पले कानमा टोकेपछि २० वर्षिए युवकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्पले कानमा टोकेपछि २० वर्षिए युवकको मृत्यु


१६ असार २०७८, बुधबार


वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

बम्जन निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले कानमा टोकेपछि घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस