२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना

अ+ अ-

काठमाडौँ । नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ। कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ। मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको बताइएको छ।

जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि नागरिकले सुरक्षित महसुस गरेको जानकारी दिइएको छ। पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ।

पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयबासीमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस