एमाले आयोजक कमिटी बैठक ११ बजे बस्दै, नेपाल समूहका ११ नेता बाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइयो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले आयोजक कमिटी बैठक ११ बजे बस्दै, नेपाल समूहका ११ नेता बाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइयो


प्रशासन संवाददाता

१६ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

तर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन ।
अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका थिए ।

पार्टीको आगामी बैठक र कदमहरूबारे दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नै तय गर्नेछ।

यस्तै मङ्गलवार बसेको स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको छ। बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको छ।

माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो। सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस