शिक्षा मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले जातीय विभेद प्रकरणमा गराए सचेत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षा मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले जातीय विभेद प्रकरणमा गराए सचेत


१५ असार २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस