२४ घण्टामा २,६३६ जनामा संक्रमण, ४,४८९ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा २,६३६ जनामा संक्रमण, ४,४८९ जना संक्रमणमुक्त


१५ असार २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४,४८९ जना संक्रमणमुक्त भएका छन् भने, २० जनाको मृत्यु भएको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस