एमालेको दशौं राष्ट्रिय महाधिवेशन बैठकमा नेपालसहित ११ नेताबाहेक सबैलाई निमन्त्रणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेको दशौं राष्ट्रिय महाधिवेशन बैठकमा नेपालसहित ११ नेताबाहेक सबैलाई निमन्त्रणा


१५ असार २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूलाई पनि बोलाइएको छ ।
बुधबार बिहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस