भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने


१५ असार २०७८, मंगलबार


काठमाडौँ । भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरूबाट मात्रै कोभिड–१९ सङ्क्रमितको निःशुल्क उपचार हुने भएको छ। सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका मेडिकल कलेजहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएपछि अब सरकारी र अस्पताल र प्रतिष्ठानबाट मात्रै निःशुल्क उपचार हुने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरूलाई आजसम्म भर्ना भएकाहरूको आजकै मितिले १० दिनसम्मको शोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड सङ्क्रमितको उपचार गोरेबापतको शोधभर्ना रकम उपलब्ध नगराइने जानकारी दिएको छ ।

साथै, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई कोभिड सङ्क्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन पनि मन्त्रालयले आग्रह गरेको छ।

सरकारले यसअघि विभिन्न निजी अस्पतालहरूसँग सम्झौता गरी कोभिड सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो। सामान्य सङ्क्रमितको उपचार गरेबापत तीन हजार ५००, अक्सिजनसहितका सङ्क्रमितको सात हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस