सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले ८ प्रतिशत प्रतिफल पाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले ८ प्रतिशत प्रतिफल पाउने


प्रशासन संवाददाता

१५ असार २०७८, मंगलबार


सामाजिक सुरक्षा

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताले ८ प्रतिशत प्रतिफल पाउने भएका छन् ।

सामाजिक सुरक्षा कोषले सोमबार पत्रकार सम्मेलन गरी कोषमा सूचीकृत भएका योगदानकर्तालाई उक्त रकम सक्दो छिटो वितरण गर्ने जानकारी दिएको हो ।

कोषका अनुसार हालसम्म कोषमा आबद्ध भएका कूल १४ हजार ५८० रोजगारदाता र दुई लाख ५१ हजार २९२ योगदानकर्ताले उक्त प्रतिफल प्राप्त गर्नेछन् ।

कोषले दिएको जानकारी अनुसार हालसम्म ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम कोषमा सङ्कलन भएको छ । कोषले सञ्चालन तथा औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना दुई हजार ४७ योगदानकर्तालाई तीन करोड ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार आश्रित परिवारलाई ४८ लाख तीन हजार वृद्धावस्था सुरक्षा योजनामा ८७४ योजनाकर्तालाई छ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी भएको छ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधनपछि कोषमा आबद्ध हुने क्रम उत्साहजनक रूपमा बढेको बताए ।

उनका अनुसार कार्यविधि संशोधनपछि मात्रै कोषमा एक हजार ३२८ रोजगारदाता ६५ हजार योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । कोषको कार्यविधि गत माघमा संशोधन गरिएको थियो ।

पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७६÷७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आर्थिक वर्ष २०७६÷७७ को वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल तीन करोड ८० लाख १५ हजार ६९८ वितरणयोग्य रकमलाई कोषमा सम्बन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस