त्रिविमा कानुन, ग्रामीण विकास र मैथिली पढाउन ३० उपप्राध्यापकको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रिविमा कानुन, ग्रामीण विकास र मैथिली पढाउन ३० उपप्राध्यापकको माग


१५ असार २०७८, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कानुन, ग्रामीण विकास र मैथिली पढाउन ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ ।

खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न कानुनमा २२ जना, ग्रामीण विकासमा ७ जना र मैथिलीमा एक जनाको लागि खुला दरखास्त आह्वान गरिएको हो ।

श्रावण १८ गते सम्म दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर श्रावण २५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा भनिएको छ ।

आवेदन दस्तुर ३००० रहेको छ ।

उमेरको हद ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस