त्रिविमा ७७ कर्मचारीको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिविमा ७७ कर्मचारीको माग


१५ असार २०७८, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७७ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । सूचना प्रविधितर्फ प्राविधिक अधिकृत १० जना र मुख्य प्राविधिक सहायक ६७ जनाको दरखास्त आह्वान गरिएको हो ।

आयोगले आज सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।

त्रिवि मा स्थायी अस्थायी वा करार सेवामा बहाल रहेका शिक्षक कर्मचारीका हकमा उमेर हद लाग्ने छैन ।

दरखास्त दिने अन्तिम मिति साउन ४ गते सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म दरखास्त दिन सकिने छ ।

दरखास्तका लागि अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।

 

Tags :
प्रतिक्रिया दिनुहोस