युरो कप : फ्रान्सलाई हराउँदै स्विजरल्याण्ड क्वाटर फाइनलमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

युरो कप : फ्रान्सलाई हराउँदै स्विजरल्याण्ड क्वाटर फाइनलमा


एजेन्सी

१५ असार २०७८, मंगलबार


काठमाडौँ । फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति रोमानियमा भएको प्रिक्वाटरफाइनलमा फ्रान्सलाई ५४ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

रोमानियामा भएको प्रि–क्वाटर फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गर्‍यो । निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्ड बलियो बन्यो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गर्दा युवा स्टार केलियन एम्बाप्पेले गोल गर्न सकेनन् । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । उता, स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

खेलको १५ औँ मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टी पाए पनि रिकार्डो रोड्रिगेजले गोल गर्न सकेनन् । ५७ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

५९ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २–१ को अग्रता बनायो । ७५ औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए ।

स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत खेलको ८१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । ९० औँ मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

विश्व विजेता फ्रान्स अन्तिम १६ बाट बाहिरिएको भने स्विट्जरल्यान्ड क्वाटर फाइनलमा पुग्ने छैटौँ टिम बनेको छ । स्विट्जरल्यान्डले क्वाटर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस