प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा


१५ असार २०७८, मंगलबार


काठमाडौँ । यातायात व्यवसायी र मजदुरहरुले प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गन घोषणा गरेको छ । व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त प्रस विज्ञप्ति जारी गर्दै असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेको जानकारी दिएका छन् ।

तर उपत्यकाको प्रशासनले आजदेखि निषेधाज्ञा खुकुलो बनाउँदै २५ सिट भन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस