२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ५ अंकले वृद्धि

अ+ अ-

काठमाडौँ । आइतबारबाट सुधारोन्मुख बनेको सेयर बजार सोमबार पनि उकालो लागेको छ। गत हप्ता तीव्र उतारचढाव आएको सेयर बजारले यो हप्ता विस्तारै लय लिने संकेत देखाएको छ।

आइतबार २७ अंकले बढेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५ अंकले वृद्धि भएको छ। यससँगै नेप्से सूचक २८७५ विन्‍दुमा उक्लिएको छ। सोमबार कारोबार रकम पनि करिब पौने आठ अर्ब पुगेको छ।

सोमबार पाँचवटा उपसमूह हरियो भएपनि अधिकांश उपसमूह रातो भएका छन्। लघुवित्त समूह १११ अंकले बढ्दा होटल तथा पर्यटन २० अंकले बढेको छ। विकास बैंक सर्वाधिक ७० अंकले घट्यो भने जलविद्युत समूह (६५ अंक) र फाइनान्स समूह (५६ अंक) पनि घटेको छ।

आज कारोबार भएकामध्ये सर्वाधिक मूल्य बढ्ने कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरु अघि देखिएका छन्। सबैभन्दा धेरै सेयर मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त नै रहेका छन्।

जसमा सबैको लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य ८’८ प्रतिशतले बढ्दा सामुदायिक, मिथिला र आशा लघुवित्तको पनि ४/४ प्रतिशतसम्मले बढेको छ। अर्कोतर्फ, सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीमा भने फाइनान्स र जलविद्युत समूहका कम्पनी बराबर छन्।

बेष्ट, रिलायन्स र आइसिएफसी फाइनान्सको सेयर मूल्य चारदेखि पाँच प्रतिशतले घट्दा राधि र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य पनि चार/चार प्रतिशतले नै घटेको छ।

माथिल्लो तामाकोशीको सर्वाधिक रकम (करिब ६७ करोड रुपैयाँ) को सेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२/५२ करोड, एनआइसी एसियाको ५० करोड र सेन्चुरी कमर्सियल बैंकको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज २१९ कम्पनीको एक करोड ९२ लाख कित्ता धितोपत्र कारोबार भए। समग्रमा कुल सात अर्ब ७२ करोड रुपैयाँको धितोपत्र किनबेच हुँदा ८० कम्पनीका लगानीकर्ताहरुले मात्र कमाए। सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने बाँकी सबैको घटेको छ।

प्रतिक्रिया दिनुहोस