२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोकाको आँसु पुछ्दै कलाकार शाह

अ+ अ-

महोत्तरी । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्याएका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पुर्याएका हुन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य भएका सो बस्तीका १०० घर मुसहरले आइतबार कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन् ।

कलाकारले शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन–२ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत पोका उनीहरुलाई वितरण गरेका छन् ।

दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको कलाकार शाहले स्पष्ट पारे ।

भोकले स—साना नानी रुँदा नसुनेजस्तो गरेर मुण्टो फर्काउनु पर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताएका छन् । ‘हामी भोकभोकै थियौं, नजिकका कोही आएनन्’, बस्तीकी मङ्गली सादा मुसहरले भनिन् , ‘टाढाका भएपनि हिरो (नायक पल शाह) ले सम्झनु भएछ ।’ अब त अवस्था दिनदिनै सामान्य बन्दै गएपछि काममा निस्कन पाउने आश बढेको उनको भनाइ छ ।

भरतपुरकै वासिन्दा वीरगञ्ज टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुगेका कलाकार शाहले भोकाहरुको आँसु पुछ्न आफू आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताए । एक साताअघि गौशाला–४ मल्हनियाँपोखरीचोकका ४३ परिवार मुसहरलाई अरब राष्ट्रतिर काममा रहेका ८० नेपाली युवाले पठाएका सहयोगले राहत बाँडिएको थियो । सो सहयोगबाट जिल्लाका १०८ परिवार गरिबलाई राहत दिने लक्ष्य रहेको समन्वयकर्ता टाइगर सेवा समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस