सुर्खेतमा सात व्यवसायीक फर्मलाई दुई लाख ३० हजार जरिवाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा सात व्यवसायीक फर्मलाई दुई लाख ३० हजार जरिवाना


१४ असार २०७८, सोमबार


कर्णाली ब्युरो । सुर्खेतमा कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने सात व्यवसायी फर्मलाई दुई लाख ३० हजार रुपैयाँ जरिवाना  गरिएकाे छ ।

उपभोक्ताको अधिकारलाई ध्यान नै नदिई नियम विपरीत फर्म सञ्चालन गरेको पाइएपछि ती व्यवसायी फर्मलाई जरिवाना गरिएकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

अनुगमनमा गएको विभागको टोलीले कमसल तथा म्याद नाघेका वस्तु बिक्री गर्ने स्याङ्जा किराना पसललाई रु २० हजार, लक्ष्मी खाद्य स्टोरलाई रु २० हजार, सरिता कोल्ड स्टोर्सलाई रु २० हजार खरिद बिक्री बिल नराखेको छिन्चुको बराल ईन्टरप्राईजेजलाई रु ५० हजार जरिवाना गरेको हो ।

यसै गरी वीरेन्द्रनगरको कर्णाली मललाई चिन निर्मित पठाइएको लेबलमा नेपाली भाषामा मूल्य, उत्पादन मिति, उपभोग्य मिति उल्लेख नगरेको पाइएपछि रु ५० हजार र दर्ता इजाजत बिना नै सञ्चालनमा रहेको रेखा पोखरेलको पसललाई रु ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस