प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकतर्फका कानुनव्यसायीको बहस आज सकिँदै « प्रशासन
Logo ११ माघ २०७८, मंगलबार
   

प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकतर्फका कानुनव्यसायीको बहस आज सकिँदै


१३ असार २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज पनि बहस भइरहेको छ । आज निवेदक तर्फका कानुन व्यवसायीको बहसको समय सकिने छ ।

आज २ घण्टा ३५ मिनेट बहस गरेपछि निवेदकका तर्फको बहस सकिने जनाइएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि १५ घण्टाको समय छुट्याइएको थियो । त्यसमध्ये ३ घण्टा प्रत्युत्तर बहसका लागि छुट्याइएको छ ।

आज निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि विपक्षी प्रधानमन्त्री, राष्ट्रपति र सभामुख लगायतका कानुन व्यवसायीको बहस सुरु हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस