११/१२ को परीक्षा आवेदन र रजिष्ट्रेशन फारम बुझाउने म्याद थप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

११/१२ को परीक्षा आवेदन र रजिष्ट्रेशन फारम बुझाउने म्याद थप


प्रशासन संवाददाता

१२ असार २०७८, शनिबार


परीक्षाफल

काठमाडौँ । कक्षा ११ र १२ को परीक्षा आवेदन र रजिष्ट्रशन फारम बुझाउने म्याद थप भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म परीक्षा आवेदन तथा रजिष्ट्रिशन फारम बुझाउने म्याद थप गरेको जानकारी दिएको छ ।

यसअघि परीक्षा आवेदन र रजिष्ट्रिशन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो । उक्त समयमा फारम बुझाउन वा भर्न छुटेका विद्यार्थी तथा विद्यालयहरूका लागि असार २० गतेसम्म दोब्बर दस्तुरसहित फारम बुझाउन बोर्डले सूचनामा भनेको छ ।

बोर्डले जारी गरेको सूचनामा परीक्षा आवेदनका लागि एक हजार दुई सय र रजिष्ट्रेशनका लागि आठ सय तिर्नुपर्ने भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस